समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

शुक्रबार, ३० चैत २०७४, १५ : ५८ नागरिक

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उनले मुलुकको समृद्धिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ रहेको भन्दै उनले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताए।

आजको सञ्चारको क्रान्तिले मानव जीवन सहज बनाएको उल्लेख गर्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पुर्याउन सकिने भनाइ राखे।

आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपुर्याएको सञ्चार क्षेत्रको उपलब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उनले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी–व्यवसायीलाई आग्रह गरे।

मुलुकको आर्थिक समृद्धिको मुख्य आधार साना उद्योग भएको भन्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकारलाई ठोस सुझाव दिन आग्रह गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले लघु, घरेलु तथा साना उद्योगी आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताए।

कृषि, गैह्रकाष्ठजन्य वन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य वस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महँगा पत्थर), पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधिलगायत स–साना जलविद्युत्मा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्नेतर्फ पर्याप्त ध्यान दिन नसककोतर्फ उनले ध्यानाकर्षण गराए। ढाका, पश्मिना, सेरामिक, हस्तकलाजस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको छ अध्यक्ष गिरिले भने।

अबका दिनमा व्यवसायलाई विविधीकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अध्यक्ष गिरीले तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नुपर्दछ भन्ने महासंघको बुझाइ रहेको बताए।

मुलुकभर करिव ३ लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै २ लाख ५० हजार उद्योग सञ्चालनमा रहेको तथ्यांक छ। यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकी आम जनमानसमा यस्ता उद्योग पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा यस्ता उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको कारणले यस क्षेत्रमा युवामा आकर्षण सिर्जना गर्न नसकिएको उनले बताए।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, सुरेश प्रधान, सूर्यबहादुर कँडेल, उपाध्यक्ष अञ्जु उपाध्याय, महासचिव डम्बर रेग्मी, महासंघ काठमाडौंँका अध्यक्ष सीता कार्कीलगायतको सहभागिता रहेको थियो।  (रासस)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad