‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

शुक्रबार, ३० चैत २०७४, १४ : ४४ नागरिक

चितवन – ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ।

हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ।

पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताहअन्तर्गत यसपाली एक हप्तासम्म विभिन्न १० वटा कार्यक्रम आयोजना गरिने चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

उनका अनुसार वन र वन्यजन्तुको संरक्षणमा चेतना दिने उद्देश्यले भोलि वैशाख १ बाट शुरु हुने सप्ताहअन्तर्गत विभिन्न क्षेत्रमा सरसफाइ, सचेतनामूलक कार्यक्रम र संरक्षण सम्बन्धि विभिन्न प्रदर्शनी आयोजना हुँदै छन्। यस्तै वन्यजन्तुको आनीबानी, बच्ने उपाए तथा डढेलो नियन्त्रणका कार्यक्रम र जिप सफारी लगायतका कार्यक्रम हुँदैछन्।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणीय कृषक मञ्च, विभिन्न सामुदायिक वन, नेचर गाईड एशोसिएसन तथा वर्ड एजुकेसन सोसाइटीलगायत सौराहाका विभिन्न संघ संस्थाको सहभागितामा वन्यजन्तु सप्ताह मनाउन लागिएको हो।    (रासस)







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...