विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

शुक्रबार, ३० चैत २०७४, १३ : ३१ महेश्वर चामलिङ राई

उदयपुर- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।

पूर्व सांसद राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चथा पूर्वी व्युरो इन्चार्ज समेत हुन्। राई ०६४ को निर्वाचनमा सुनसरीबाट नेपाल नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए। चैत पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको नेकपाका उदयपुर कार्यालय सचिव प्रशान्तले बताए। उनले दुई दिन अघि सदरमुकाम स्थित रंगशालामा भएको विष्फोटमा नेकपाको संलग्नता नभए पनि धरपकड गरेर द्वन्द्व निम्त्याउन खोजिएको बताए।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरे। तर, पक्राउ पर्नेहरुको नाम, ठेगाना खुलिनसकेको उनले बताए।

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad