coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वडा कार्यालयमा आगजनी

सुर्खेत – अज्ञात समूहले गुर्भाकोट नगरपालिका–४ को वडा कार्यालयमा आगजनी गरेको छ। आगलागीबाट वडा अध्यक्षको कार्यकक्ष र त्यहाँ रहेका सामाग्रीहरु जलेका छन्। वडा अध्यक्ष प्रशन्नकुमार शााहले बिहीबार राति १२ बजेपछि आगलागी भएको हुनसक्ने बताए।

आगलागीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका सोफासेट, कुर्ची, टेवुल, कम्प्युटर, इन्भटर लगायतका सामाग्रीहरु पूर्णरुपमा जलेर नस्ट भएका छन्। यस्तै वडाका महत्वपूर्ण कागजात पनि जलेको अध्यक्ष शाहले जानकारी दिए।

‘घटनाको प्रकृति हेर्दा अज्ञात समूहले ढोका फोडेर आगजनी गरेको देखिन्छ’ वडा अध्यक्ष शाहले भने, ‘आगजनीबाट पाँच लाख बराबरको क्षति भएको छ।’ प्रहरीले भने घटना मुचुल्का गरेर अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: ३० चैत्र २०७४ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App