coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग युद्ध हुने रुसको दाबी

तस्विर : एजेन्सी

मस्काे - सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे  कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गरिने बताउँदै अाएकाे छ।

बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेको छ । गत महिना रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको रसायनिक आक्रमण फेरि नहोस् भन्नका लागि बैठक बोलाउन बेलायतले माग गरेकाे हो।

 

प्रकाशित: ३० चैत्र २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App