८ वैशाख २०८१ शनिबार
खेल

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

अप्रिल महिनाको लागि सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल १ सय ११ अंकका आधारमा ३ स्थान माथि उक्लिँदै १ सय ६२औं स्थानमा पुगेको हो।

वरीयताक्रममा भारत दक्षिण एसियाबाट सबैभन्दा अगाडि २ स्थान सुधार गर्दै ९७औं स्थानमा उक्लिएको छ । यस्तै, माल्दिभ्स ३ स्थान सुधार गर्दै १ सय ४७औं स्थान उक्लेको छ भने ४ स्थान सुधार गरेको भुटान १ सय ८४औं स्थान छ। बंगलादेश १ सय ९७औं स्थानमा यथावत् छ।

बिहीबार सार्वजनिक गरेको विश्ववरीयतामा २०१४ को विश्वकप फुटबल विजेता जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थान यथावत् छ । यस्तै, बेल्जियमले २ स्थान सुधार गर्दै तेस्रोमा उक्लिएको छ भने पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचाैं स्थानमा झरेका छन्।

वरीयतामा दुई–दुई स्थान सुधार गरेका स्विट्जरल्यान्ड र फ्रान्स क्रमशः छैटौं र सातौं स्थानमा उक्लिएका छन् भने स्पेन आठौं, चिली नवौं र पोल्यान्ड दशौं  स्थानमा छन्।

प्रकाशित: ३० चैत्र २०७४ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App