७ वैशाख २०८१ शुक्रबार
खेल

दोस्रो मेयर कप बैसाखमा

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बैसाख पहिलो साता दोस्रो नगर कप फुटबल प्रतियोगिता हुने भएको छ। सोल्मा स्पोर्ट्स क्लबको आयोजनामा आगामी वैसाख ४ गतेदेखि ८ गतेसम्म दोस्रो दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कप सञ्चालन हुने भएको हो। नगरपालिकाका १५ वडाका खेलाडीको प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ७५ हजार ७५ र ५० हजार ५० रुपियाँ प्राप्त गर्ने आयोजक सोल्मा स्पोटर््स क्लबका अध्यक्ष ध्रुवविक्रम राईले बताए।

स्थानीयको पहलमा सोल्मामा निर्माण गरिएको खेलमैदानमा आयोजना गरिने प्रतियोगिताका सेमिफाइनल  खेल्ने दुई टोलीलाई समान २० हजार २० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ४ हजार ४० तथा उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, हाई स्कोरर, उकृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक  र अनुशासित टोलीलाईलाई ३ हजार ३० रुपैयाँका दरले पुरस्कार प्रदान गरिने सोल्मा स्पोर्ट्स क्लबले जनाएको छ।

करिब ९ लाख ५० हजारको खर्चमा सम्पन्न हुने प्रतियोगिताका लागि पुरस्काका लागि मात्र १ लाख ८७ हजार ७८९ रुपैयाँ स्टिमेट गरिएको अध्यक्ष राइर्रूले बताए।

प्रकाशित: ३० चैत्र २०७४ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App