४ वैशाख २०८१ मंगलबार
खेल

आइपिएल : हैदरावादको रोमाञ्चक जित, मुम्बईको लगातार दोस्रो हार

भारत– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गर्दा साविक विजेता मुम्बई इन्डियन्स भने लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ। बिहीबार राति सम्पन्न रोमाञ्चक खेलमा हैदरावादले मुम्बईलाई १ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो। मुम्बईका लागि ओपनिङ ब्याट्सम्याान इभिन लुइसले २९ रनको सर्वाधिक इनिङ खेले।

त्यस्तै सुर्यकुमार यादव र कायरोन पोलार्डले समान २८–२८, कुर्नाल पाण्डेयाले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे। हैदरावादका सन्दिप शर्मा, बिल्ली स्टेनलेक र सिद्धार्थ कोलले समान २ विकेट तथा रसिद खान र सकिब अल हसनले १–१ विकेट लिए।

जवाफमा १४८ रनको लक्ष्य हैदरावादले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाउदै भेट्टायो। लक्ष्य पूरा गर्यो। हैदराबादका लागि शिखर धवनले ४५, तथा दिपक हुडाले नटआउट ३२, रिद्दिमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे।

बलिङतर्फ मुम्बईका मयाङ्क मारकन्डेले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए। त्यस्तै मुस्ताफिजुर रहमानले ३, जसप्रित बुम्राहले २ विकेट लिए।

प्रकाशित: ३० चैत्र २०७४ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App