coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उपाधि जित्नेमा दुवै कप्तान विश्वस्त

धनगढी – रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको उपाधिका लागि शुक्रबार (आज) साबिक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन्।

घरेलु दर्शकको साथ पाउने टिम चौराह धनगढीले उपाधि जित्नका लागि क्वालिफायरमा जस्तै राम्रो प्रदर्शन गर्नुपर्नेछ। काठमाडौं गोल्डेन्सले राम्रो स्वाभाविक प्रदर्शन गर्नुपर्नेछ। उपाधिका लागि फाइनलमा भिड्ने दुवै टोलीका कप्तान फाइनलमा आफ्नो टोलीले राम्रो गर्नेमा विश्वस्त देखिए।

काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमले राम्रो खेलिरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिँदै उपाधि उचाल्ने बताए।

‘सुरुदेखि नै हामीले राम्रो क्रिकेट खेलिरहेका छौं,’ काठमाडौंका कप्तान मल्लले भने, ‘यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं।’

प्रतियोगितामा १ खेल मात्र हारेको काठमाडौंका कप्तान मल्लले आफ्नो टोली सन्तुलित भएको दाबी गरे। उनले बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्ष राम्रो रहेको बताए।

साबिक विजेता टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले  फाइनलमा राम्रो खेल खेलेर उपाधि जित्ने बताए। ‘पहिलो क्वालिफायरमा टोलीले गरेको प्रदर्शनबाट हाम्रो मनोबल बढेको छ,’ टिम चौराहका कप्तान कामीले भने, ‘उक्त खेलमा हामीले उनीहरूलाई हराइसकेका छौं। अभ्यासका लागि दुई दिन थप समय पनि पाएका छौं। फाइनलमा राम्रो खेल्छौं। बलिङ, ब्याटिङ दुवै पक्षले राम्रो गरिरहेको छ। त्यसैले जित्नेमा हामी विश्वस्त छौं।’

यसअघि पहिलो क्वालिफायरमा टिम चौराहले काठमाडौंलाई १ विकेटले हराएको थियो। काठमाडाैंले दिएको १ सय ८ को लक्ष्य टिम चौराहले १ बल बाँकी छँदा पूरा गरेको थियो। समूह चरणमा काठमाडौं अपराजित रहेको थियो।

काठमाडौंले बिहीबार महेन्द्रनगरलाई ५ विकेटले पराजित गर्दै चौराहसँगको भेट पक्का गरेको हो। त्यसअघि उद्घाटन खेलमा काठमाडौंले टिम चौराहलाई ७ विकेटलाई पराजित गरेको थियो।

खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ। विजेताले २५ लाख र उपविजेताले १० लाख पाउनेछन।

प्रकाशित: ३० चैत्र २०७४ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App