७ वैशाख २०८१ शुक्रबार
अर्थ

कल्लेरी सामुदायिक केन्द्रको चावी हस्तान्तरण

काठमाडौं– नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र पूर्वशिक्षा मन्त्री तथा हिमालय कन्जर्भेसन ग्रुप नेपालका अध्यक्ष गंगालाल तुलाधरले संयुक्त रुपमा ‘कल्लेरी सामुदायिक केन्द्र’को चावी हस्तान्तरण गरेका छन्।

धादिङ जिल्लाको गल्छी गाउँपालिका (तत्कालीन कल्लेरी गाउँ विकास समिति)मा निर्माण भएको उक्त सामुदायिक भवन (कम्युनिटी सेन्टर) निर्माण गर्न जापान सरकारले उक्त सहयोग गरेको हो।

जापानले उक्त कम्युनिटी सेल्टर निर्माण गर्न ८५ लाख रुपैयाँ ‘हुमन सेक्युरिटी प्रोजेक्ट’अन्तर्गत हिमालय कन्जर्भेटिभ ग्रुप नेपालमार्फत सहयोग गरेको हो। हिमालय कन्जर्भेटिभ ग्रुपले स्थानीय जनता र विभिन्न समुदायलाई एकतले सामुदायिक केन्द्र बनाउन सहयोग गर्दै आएको छ।

त्यस्ता केन्द्र आपतकालीन अवस्था र समुदायले आफ्ना विभिन्न कामका लागि प्रयोग गर्न सक्नेछन् । सामुदायिक केन्द्रमा एउटा ठूलो हल, दुई स्टोर कोठा, एक बैठक कोठा, एक कार्यालय र ट्वाइलेट रहेको छ।

तत्कालीन कल्लेरी गाउँ विकास समिति र हालको गल्छी गाउँपालिकामा २०७२ वैशाखमा गएको भूकम्पले अधिकांश घरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १४ जनाको मृत्यु भएको थियो । भूकम्पपछि गाउँलेले शरणार्थी जस्तै दुःख पाए भने उनीहरुले कुनै पनि ठाउँमा सुरक्षित रहेको महसुस गर्न सकेनन् । सोे ठाउँमा सामूहिक कृषि खेती नहुँदा गरिबी धेरै रहेको छ । सामूहिक कृषि खेती गर्न सकेमा यसबाट हुने उत्पादनबाट खरिद बिक्री बढ्दा गरिबी घटाउन सक्थ्यो।

कल्लेरी सेल्टर–कम्युनिटी सेन्टर’लाई धेरै तरिकाबाट प्रयोग गर्न सकिने बताइएको छ । यसलाई स्कुल, विभिन्न तालिम सञ्चालन गर्न र विभिन्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्न सकिने जनाइएको छ । अन्नबाली स्याहार्ने समयमा कृषि उत्पादन संकलनका लागि पनि प्रयोग गर्न सकिने छ । यस केन्द्रले स्थानीयको आयआर्जन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

तीन वर्षअघिको भूकम्पबाट प्रभावित स्थानीयलाई यस केन्द्रले सहयोग र फाइदा हुने जापानी राजदूतावासले जनाएको छ । राजदूतावासले छिटोभन्दा छिटो पुरानै अवस्थामा फर्कन र दैनिक जीवनलाई सुरक्षित बनाउन सहयोग हुने विश्वास लिएको जनाएको छ । यस परियोजनाले नेपाल र जापानी जनताबीच मैत्रीपूर्ण मित्रता बढाउन थप सहयोग गर्ने राजदूतावासले विश्वास लिएको छ।
 

प्रकाशित: ३० चैत्र २०७४ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App