coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र उद्घाटन गर्दै मेयर दीपनारायण रिजाल। तस्बिर : दमन राई/नागरिक

खोटाङ – जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

सरकारले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामार्फत पठाएको ६ लाख बजेटबाट औषधि, फोटोथेरापी, निबुलाइजर, अक्सिजन, कन्सन्टेटर, सक्सन मेसिनलगायत उपकरण जडान गरेर केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए। केन्द्रमा जन्मदेखि २८ दिनसम्मका नवजात शिशुको उपचार गरिनेछ। केन्द्रमा विभिन्न संक्रमण, कम तौल भएका, सितांग (तापक्रम कम भएका), जन्मदै दुध चुस्न नसक्ने, पहेँलोपनलगायतका समस्या भएका नवजात शिशुको उपचार गरिने जिल्ला अस्पतालका प्रमुख डा. केसीले बताए।

नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था भए पनि उपचार गरेबापत अस्पतालले नगरपालिकाबाट प्रतिबिरामी एक हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। स्वास्थ्य समस्या भएका नवजात शिशुलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता अन्त्यका लागि जिल्ला अस्पतालमा पहिलोपल्ट निशुल्क नवजात शिशु उपचार केन्द्र सुरु गरिएको ल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए। प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले स्वास्थ्य समस्या भएका नवजात शिशुको जिल्लामै उपचार सुरु भएको विषयलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। केन्द्रको उद्घाटन मेयर रिजालले गरेका हुन्।

प्रकाशित: ३० चैत्र २०७४ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App