७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन विधेयकको मस्यौदा स्वीकृत

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिपाद्को बैठक। तस्बिर : रासस

मकवानपुर – प्रदेश नम्बर ३ को मन्त्रिपरिषद् बैठकले तीन विधेयकको मस्यौदा स्वीकृत गरेको छ भने दुई वटा विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सचिवको योग्यता, कामकर्तव्य र अधिकारसम्बन्धी विधेयक, सञ्चित कोष कार्यविधि विधेयक र प्रादेशिक दुग्ध विकास बोर्ड विधेयकको मस्यौदा स्वीकृत गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवम् प्रवक्ता कैलाश ढुंगेलले बताए।

प्रवक्ता ढुंगेलका अनुसार आकस्मिक कोष ऐन २०७४ विधेयक मस्यौदा गर्न अवधारणापत्रलाई सैद्धान्तिक सहमति दिइएको छ भने विनियोजित ऐन २०७४ विधेयक मस्यौदा गर्न सोसम्बन्धी पत्र स्वीकृत भएको छ।

बैठकले सवारीसाधन खरिदसम्बन्धी मापदण्ड निर्धारण गरेको छ ।

प्रदेश सरकारले स्वीकृत गरेको विधेयकलाई प्रदेशसभा सचिवालयमा दर्ता र छलफल गरी पारित भएसँगै प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन बन्ने र तत्काल लागू हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ३० चैत्र २०७४ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App