५ वैशाख २०८१ बुधबार
खेल

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

पाँचथर– रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

विहीवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा ताप्लेजुङलाई ३–० को गोल अन्तरले हराउँदै सुनसरी फाइनलमा प्रवेश गरेको हो। सुशील राईको २ गोलको प्रेरणाले सुनसरीले सहज जित निकालेको हो। सुनसरीको जितका लागि निशान लिम्बुले महत्पूर्ण एक गोल गरे। 

खेलका २९ औँ मिनेटमा निशानले गोल गर्दै अग्रता लिएका थिए। डिफेण्डरलाई झुक्याएर क्याप्टेन टंक बस्नेतले दिएको पासलाई गोलकिपरमात्र भएको मौकामा निशानले गोल गरे। एक गोलले पछि परेपछि गोल फर्काउन ताप्लेजुङले पटक पटक अवसर सृजना गरेपनि गोल गर्न सकेन। ताप्लेजुङका स्टाईकर कर्ण लिम्बु चल्न पाएनन। पहिलो हाफमा १–० को अग्रता लिएको सनुसरीले दोश्रो हाफमा २ गोल गरेर जितलाई फराकिलो बनायो। ५३ औँ मिनेटमा हेमन्त थापामागरको क्रसलाई सुशीलले गोल गरेका थिए। खेलको ६७ औँ मिनेटमा पदम तामाङको पासलाई पुनः राईले गोल थपे। खेलको ७० औँ मिनेटमा डिएरीया छेउमा गोल गर्ने प्रयासमा रहेका कर्ण लिम्बुलाई लडाउँदा सुनसरीका बस्नेतले रेड कार्ड पाए। 

ताप्लेजुङले गोलका लागि पर्याप्त मुभ सृजना गर्न सकेन। खेल प्रतिस्पर्धात्मक भएपनि गोल लगाउन ताप्लेजुङका खेलाडीहरु चुकेका थिए। केही प्रहार सुनसरीका गोल रक्षक विवश चौधरीले उत्कृष्ट बचाउ गरे। ताप्लेजुङबाट दिपक राई, खमिर ग्लिसन कङदङबा, विकेश लिम्बु, कर्ण लिम्बु लगायतका खेलाडी मैदानमा थिए। सुनसरीबाट हेमन्त थापा, शुसील राई, अशोक खवास, जितेन्द्र कार्की, टंक बस्नेत लगायका खेलाडीहरु मैदानमा थिए। म्यान अफ द म्याच सुनसरीका निशान भए। शुक्रवार हुने अर्को सेमीफाइनलमा विर्ता युनाईटेडले रेडहर्ष इलामको समाना गर्ने छ। दुवै टिमले अनुभवी खेलाडी मैदानमा उतार्ने तयारी गरेका छन्।

आइतबारदेखि फिदिम माविको खेलमैदानमा गोल्डकप सञ्चालित छ। पाँचथर क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल बैशाख २ गते हुने छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजेता टिमले ३ लाख ५ हजार ५ सय ५५  रुपैँया र ट्रफी पाउने छन्। उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैँया र ट्रफिमा चित्त बुझाउनु पर्ने छ।

प्रकाशित: २९ चैत्र २०७४ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App