८ वैशाख २०८१ शनिबार
राजनीति

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

चितवन– एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नुपर्ने बताएका छन्। कम्तिमा बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनुपर्नेमा अहिले भैरहेको भन्दा घट्न सक्ने संभावना उनले औंल्याए। 

भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जनगर माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको शिक्षा नीति नै परिवर्तन गर्नु आवश्यक रहेको बताए। शिक्षामा लगानी बिना देशको विकास र समृद्धिको कुरा गर्नु नै व्यर्थ रहेको उनले दाबी गरे।  

शिक्षा नीतिमा भएको त्रुटीले नै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र भौतिक पुर्वाधार राम्रो बनाउन  नसकिएको बताउँदै उनले भने, ‘राम्रो गर्ने सामुदायिक विद्यालय चामलको बिया जस्तै हुँदैछन्।’ सामुदायिक विद्यालयको स्तर खस्किदा विद्यालयमा शिक्षक धेरै र विद्यार्थी थोरै हुन सक्ने खतराप्रति सचेत हुन आवश्यक रहेको उनले बताए।  कार्यक्रममा उनले वैज्ञानिक, व्यवसायिक, प्राविधिक र रोजगारी सिर्जना गर्न सक्ने शिक्षा नीति बनाउन जोड दिनुपर्ने बताए।

प्रकाशित: २९ चैत्र २०७४ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App