७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लवका ३ कार्यकर्ता पक्राउ

उदयपुर– नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जिल्लास्तरीय कार्यकर्ता पक्राउ परेका छन्। अघिल्लो साँझ एक बालक गम्भीर घाइते हुनेगरी शक्तिशाली बम विष्फोट भएको घट्नालाई लिएर सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरु दुवैजना जिल्ला कमिटी सदस्य भएको बताइएको छ। 

बुधबार साँझ  त्रियुगा नगरपालिका १३ तरकारी बजारस्थित सार्वजनिक शौचालय पछाडी त्रियुगा–थरुहट रंगशालामा विष्फोट हुँदा सोही वडाका १४ वर्षीय पारस राई गम्भीर घाइते भएका थिए। बम विष्फोटलगत्तै चारैतिर प्रहरी, सशस्त्र र सेना परिचालन गरेको थियो। 

बुधबार कोही पक्राउ नपरेपछि प्रहरीले बिहीबार विहान त्रियुगा नगरपालिका ११ का जनक श्रेष्ठ र बेलका नगरपालिका ४ रामपुरका पूर्ण तामाङलाई पक्राउ गरेर सोधपुछ थालेको जनाएको छ। ४३ वर्षीय श्रेष्ठलाई गाईघाट बजारबाट र ४६ वर्षीय तामाङलाई बेलका ४ स्थित घरैबाट पक्राउ गरी सोधपुछका लागि प्रहरी हिरासतमा राखेको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले उनीहरुलाई दोषी किटानी गरेर नभई बम विष्फोटमा संलग्न हुनसक्ने आशंकामा सोधपुछका लागि बोलाइएको बताए। ‘अहिले बिभिन्न ठाउँका भइरहेका विष्फोटनका घट्नामा नेकपाका कार्यकर्ताको संलग्नता रहेको देखिदै आएको छ’ भट्टले भने ‘त्यसैले यसमा पनि उनीहरुको संलग्नता हुनसक्छ भनेर सोधपुछ गर्न मात्र बोलाइएको हो, मुद्धा अघि बढाईहालेको अवस्था छैन।’

यता विष्फोटनबाट घाइते भएका बालकको उदयपुर अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरको नोबेल हस्पिटल पु¥याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि लाईफगार्ड लगिएको छ। आफन्त सख्तबहादुर राईका अनुसार नोबेलले घाइते बालकको आन्द्रा र पेटका महत्वपूर्ण अंगमा गोलीले गम्भीर क्षति पु¥याएको भन्दै उपचार गर्न नमानेपछि लाईफगार्डमा रेफर गरिएको हो। 

बमको छर्राले टाउको र खुट्टाका जताततै क्षति पु¥याएको बालकको स्वास्थ्य अवस्था गम्भीर भए पनि खतरामुक्त रहेको बताइएको छ। अस्पताललाई उद्धृत गर्दै बाबु मणिकुमार राईले बताएअनुसार निको हुन समय लाग्ने भएपनि बालकको अवस्था खतराबाहिर रहेको चिकित्सकले जनाएका छन्।

प्रकाशित: २९ चैत्र २०७४ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App