८ वैशाख २०८१ शनिबार
राजनीति

वडाध्यक्ष कुट्नेलाई सार्वजनिक मुद्दा

तेह्रथुम– फेदाप गाउँपालिका वडानम्बर ५ ईसिबुका वडा अध्यक्ष टेक बहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ। 

गत मंगलबार आफ्नै कार्यालयमा काम गरिरहेका वडा अध्यक्ष घिसिङलाई स्थानीय गणेश तामाङले मादक प्रदार्थ सेवन गरि हातपात गरेका थिए। वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सार्वजनिक मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक राजन भुजेलले जानकारी दिए।

मादक प्रदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए। कार्यालय समयमा हातपात गर्ने युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ।

प्रकाशित: २९ चैत्र २०७४ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App