coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय पूर्वराजदूत डोल्पामा

डोल्पा– नेपालका लागि भारतीय तीन पूर्व राजदूत प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा आएका छन्। भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्न पूर्व राजदूत रणजीत राय, श्यामसुन्दर र देव मुर्खर्जी डोल्पा पुगेका हुन्। 

धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत त्रिपुराकोटमा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन गर्न त्रिपुराकोट मन्दिरमा पुगेका पूर्वराजदूत रायले डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपुर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए। 

डोल्पामा विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, बिश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमुल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीय स्थल भएकाले यहाँको विकास र पर्यटक भित्र्याउन राष्ट्रिय सडक सन्जालमा डोल्पालाई जोड्न आवश्यक रहेको तिनै राजदूतले सुझाव दिए।

नेपालस्थित भारतीय राजदूतावासको ३ करोड ३३ लाख आर्थिक सहयोगमा त्रिपुराकोट गाउँमा निर्माण भएको श्रीबाला त्रिपुरासुन्दरी भगवती मन्दिरको उद्घाटन गर्न आएका राजदूत रायलाई डोल्पामा भब्य स्वागत गरिएको थियो। 
१५ दिने भ्रमणका लागि राजदूतत्रय राय, श्यामसुन्दर र मुखर्जी त्रिपुरासुन्दरी भगवतीको मन्दिर भएर सदरमुकाम दुनै हुँदै उपल्लो डोल्पा धो ताक्सी भएर शे फोक्सुन्डो तालको अवलोकन गरेर काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: २९ चैत्र २०७४ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App