coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ब्याटिङमा मेहरा र बलिङमा चम्के सन्नी, काठमाडौंलाई महेन्द्रनगरले दियाे १४३ रनको चुनौती

धनगढी – पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्समामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनायो।

१० ओभरमा महत्वपूर्ण ६ विकेट गुमएको महेन्द्रनगरका लागि आरिफ शेख र पुनित मेहराको जेडीले इनिङ उकासेका थिए। आरिफ १६.१ ओभरमा ७ औं विकेटको रुपमा व्यक्तिगत ३९ रन बनाएर आउट भए। उनले ४३ बलमा ४ चौंक र १ छक्का प्रहार गरे।

पुनित मेहराले टोलीका लगि सर्वाधिक ५८ रन बनाए। उनले ४२ बलमा ४ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा २ छक्काको सहायतामा २१ रन जोडे।

महेन्द्रनगरका ५ जना ब्याट्सम्यान ० रनमै आउट भएका थिए। पुनित बिष्टले ७ रन जोडे।  
काठमाडौंका सन्नीले ६ तथा सुवोध भटी र पुष्प थापाले एक–एक विकेट लिए।

सन्नीले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर १० रन दिँदै एक्लै ६ विकेट हात पारे। सन्नीले डिपिएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका छन्।

आजको विजेता टोलिले उपाधिका लागि टिम चौराह धनगढीको सामना गर्नेछ।

प्रकाशित: २९ चैत्र २०७४ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App