coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

तस्विर : एजेन्सी

इस्तानबुल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा टेलिफोन वार्ता भएको बताइएको छ।

उनीहरुबीच सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।टर्किस् राष्ट्रपतिको कार्यालयले उक्त टेलिफोन वार्ता भएको जानकारी दिएको छ । उक्त जानकारीकाअनुसार सिरियामा जारी पछिल्लो प्रगतिका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको बताइएको छ ।

उक्त कुराकानीको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै धम्की दिए लगत्तै  फोनवार्ता भएको समाचारमा जनाइएको छ।

 टर्किस् प्रधानमन्त्री बिनाली यिल्दीरीमले पछिल्लो समयमा सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच वाकयुद्ध सुरु भएको भन्दै यस्तो द्वन्द्व रोकेर आवश्यक शान्तिपूर्ण कारबाहीका लागि आग्रह गरेका छन्।

अमेरिका र टर्की नजिकका नेटो सैन्य सहयोगी गठबन्धनका सदस्य राष्ट्र हुन् । तर पछिल्ला केही समयमा भने यी राष्ट्रहरुबीच केही आन्तरिक मुद्दाका कारण असहमझदारी विकास हुँदै पाइन्छ ।

ट्रम्पले भने– सिरियामा क्षेप्यास्त्र हान्न सकिन्छ

अमेरिकी राष्ट्रपति ट्रम्पले भने सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने चेतावनी दिएका छन् ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा सो सन्देश राखेका छन्।गतहप्ता सिरियामा भएका केही हमलाहरुमा पनि रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

उनले त्यसका लागि तयार रहन रुसलाई पनि धम्की दिएका छन् । यसलाई रुसले पनि अमेरिकाको धम्कीका रुपमा लिएको छ।पछिल्लो समयमा रुस र अमेरिकाबीच  असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयमदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ।

तर  सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएका छन्।सिरियामा काम गरिरहेका अमेरिकी मेडिकल अधिकारीसहितले सिरियालीमा पनि रासायनिक पदार्थका कारणले देखापर्ने लक्षणहरू देखिएको बताएका छन्।

त्यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसरी सरकारी सैन्यले गरिरहेको भनिएको रासायनिक हतियार हमलाबाट ज्यान गएको स्थानमा बिना कुनै अवरोध स्वास्थ्य अधिकारीहरुलाई जाने पहुँच दिनुपर्ने माग गरेको छ।रासस

प्रकाशित: २९ चैत्र २०७४ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App