४ वैशाख २०८१ मंगलबार
प्रवास

राजदूत सुवेदी उपाध्यक्षमा चयन

काठमाडौँ – बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ। 

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त समितिको उपाध्यक्षमा चयन गरेको हो । 

सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभाल्हो ल्यारिओले प्रस्ताव गरेकोमा कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होन्डुरस, एलसाल्भाडोर, कोलम्बिया र इथियोपियाका प्रतिनिधिले समर्थन जनाएपछि उनी उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

उक्त समितिको अध्यक्षमा जापानका मित्सुहिरो ताकायाङ्गी निर्वाचित भएका छन्। नेपालले सन् २०१७ फेब्रुअरी २२ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो। सरकारले डा सुवेदीलाई सन् २०१७ जुन २९ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २९ चैत्र २०७४ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App