७ वैशाख २०८१ शुक्रबार
समाज

इक्यान निर्वाचन : बस्नेत प्यानलले गर्‍यो उम्मेद्वारीको घोषणा

चितवन –  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो वैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेको छ।

बुधबार दिउँसो चितवनमा एक कार्यक्रम आयोजना गर्दै बस्नेत प्यानलले उमेद्वारीको औपचारिक घोषणा गरेको हो । इक्यान निर्वाचनमा सरोज बस्नेत र विष्णुहरी पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । यता विष्णुहरी पाण्डे समूहले काठमाडौँको अल्फा हाउसमा उमेद्वारी घोषणा गर्दै गर्दा बस्नेत समूहले काठमाडौँ बाहिरबाट उमेद्वारी घोषणा गरेका हो।

‘२४ महिना २४ काम, सही नेतृत्व साझा इक्यान’ भन्ने नारासहित बस्नेत समूह चुनावी मैदानमा उत्रेको हो । प्यानल घोषणा पछि उपाध्यक्षका उमेद्वार राजेन्द्र रिजालले आफ्नो टिम केन्द्रीकृत मानसिकतामा नरहेको र केन्द्रदेखि मोफसलसम्मको भावनालाई प्रतिनिधित्व गर्दै सही नेतृत्वमा सबैले राम्रो र हाम्रो भन्न सक्ने साझा इक्यान बनाउन आफूहरूले उमेद्वारी घोषणा गरेको बताए ।

प्रकाशित: २९ चैत्र २०७४ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App