८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको धुनीबसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ।

धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबेसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई नालामा ठोक्किएको थियो।

मोटरसाइकल ठोक्किएपछि घाईते भएका गजुरेलको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: २९ चैत्र २०७४ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App