coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आलु महोत्सवमा ८० लाखको कारोवार

पोखरा - कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ।

महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ।

कार्यक्रममा बद्री पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीता केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शंकर पन्त, ज्ञानेश्वर सुवेदी, सुभद्रा श्रेष्ठ र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक मिलन बाँस्तोलाले जानकारी दिए । महोत्सव चैत ३० गतेसम्म चल्ने छ।रासस

 

प्रकाशित: २९ चैत्र २०७४ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App