काठमाडौं – विभागीय टोली नेपाल पुलिसकी संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
संगीताले सिनियरतर्फ नीता थापाले २०६२ सालमा ३५औं युवराज जन्मोत्सव कपमा बनाएको स्न्याच र कुलतर्फ ५३.५ र ११८.५ केजी तौलको कीर्तिमान भंग गर्दै ५४ र १२३ केजीको नयाँ कीर्तिमान कायम गरेकी हुन्।
यस्तै, संगीताले बुधबार नै क्लिन एन्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाँ कीर्तिमान बनाइन्। दोस्रो लिफ्टमा नै कीर्तिमानलाई सुधार गर्दै ६७ केजी तौल उठाएकी संगीताले तेस्रो लिफ्टमा ६९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक हात पारिन्। सोही स्पर्धामा नेपाली सेनाकी मनीषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रीता गुरुङले ९३ केजीका साथ कांस्य पदक हात पारे।
प्रतियोगिताको ४८ केजी तौलकै जुनियरतर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेसकी करिना चौधरीले कुलमा ९३ केजी उठाउँदै स्वर्ण पदक जितिन्। सोही विधामा डिभाइन फिजिकल फिटनेसकी पल्लवी चौधरीले ७३ केजी उठाउँदै रजत जित्दा ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कांस्य पदक हात पारिन्।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ ८ राष्ट्रिय कीर्तिमान कायम भए। प्रतियोगितामा महिलातर्फकै सिनियर ५३ केजी तौलमा नेपाल पुलिसकी देवीकुमारी चौधरीले स्न्याचमा ६५ केजीको नयाँ कीर्तिमान बनाइन्। चौधरीले यसै वर्ष पोखरामा सम्पन्न २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा सन्जु चौधरीले राखेको ६३ केजी तौलको कीर्तिमान भंग गरेकी हुन्। चौधरीले कुलमा १ सय ४५ केजी उठाउँदै स्वर्ण पाइन् भने दोस्रो स्थानमा रहेकी सरस्वती चौधरीले ८५ केजी भारवहन गर्दै रजत पदक हात पारिन्।
यस्तै, जुनियरतर्फ सन्जु चौधरीले बुधबार तीन राष्ट्रिय कीर्तिमान बनाइन्। सन्जुले पोखरामा भएको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्न्याचमा राखेको ६३ केजी, स्न्याचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ कीर्तिमान बनाएकी हुन्।
यस्तै, जुनियरतर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजी भारवहन गर्दै स्वर्ण र वीरगन्ज युनाइटेडकी रविना बस्नेतले ९० केजी उठाउँदै रजत पदक जिते।
यस्तै, पुरुष ५६ केजी सिनियरतर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका तुलाराम महतोले कुलमा १८२ केजी उठाउँदै स्वर्ण हात पारे। आर्मीकै सन्तोष थपलियाले कुलमा १६५ केजी उठाउँदै रजत हात पार्दा वीरगन्ज फिजिकल फिटनेसका अशोककुमार शाहले १२५ केजी उठाउँदै कांस्य पदक हात पारे।
५६ केजी जुनियरतर्फ खर्साल युथ क्लबका रामकुमार यादवले १८१ तौल उठाउँदै स्वर्ण हात पार्दा खर्सालकै लालबाबु पासवानले १५३ केजीका साथ रजत र वीरगन्ज युनाइटेडका राजा शाह कानुले १३५ केजीका साथ कांस्य पदक हात पारे।
पुरुषकै ६२ केजी तौलमा आर्मीका राजु चौधरीले कुल २१० केजी तौल उठाउँदै स्वर्ण हात पारे भने नेपाल पुलिसका मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाषकुमार साहले १६५ केजीका साथ कांस्य पदक हात पारे। जुनियरतर्फ खर्साल युथ क्लबका रमेश झाले १६० केजीका साथ स्वर्ण, डिभाइन फिजिकल फिटनेशका गणेश रानाभाटले १५६ केजीका साथ रजत र वीरगन्ज युनाइटेडका सजरुद्धिन आलमले १५० केजीका साथ कांस्य जिते।
कमला घाइते
महिला ५८ केजी तौलमा त्रिभुवन आर्मी क्लबकी कमला श्रेष्ठले स्न्याचमा आफ्नै नाममा रहेको ६७ केजीको कीर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ कीर्तिमान राखिन्। तर क्लिन एन्ड जर्कमा ८७ केजी उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा उनी घाइते भइन्।
कमलाले स्न्याचतर्फ २०१७ तुर्कमेनिस्तानमा भएको पाँचौं मार्सल आट्समा राखेको कीर्तिमान सुधार गरेकी थिइन्। ८७ केजी भार वहन गर्ने क्रममा घाइते भएकी श्रेष्ठ चोटका कारण प्रतियोगिताबाट बाहिरिइन्। ८६ केजी उचालेको कीर्तिमान कमलाकै नाममा कायम छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...
तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...
इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
यसमा तपाईको मत