६ वैशाख २०८१ बिहीबार
खेल

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं – जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा बार्यन म्युनिखले घरेलु मैदानमा स्पेनीस क्लब सेभियासँग गोलरहित बराबरी खेले पनि पहिलो हाफमा पाएको २–१ को सफलताले अन्तिम चारमा स्थान बनायो।

खेलमा दुवै टेलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोल हुन सकेन्। दोस्रो हाफको इन्जुरी समयमा जोयक्विन कोरी रातो कार्ड पाउदै मैदान बाहिरिएपछि केही समय सेभिया १० खेलाडीमा सिमित भएको थियो।

बार्यन म्युनिखले यो वर्ष बुन्डेस लिगाको उपाधि हत्याइसकेको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App