७ वैशाख २०८१ शुक्रबार
खेल

टिपटप– ११ सेमिफाइनलमा

काठमाडौं – टिपटप– ११ टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार भएको खेलमा डिएभीलाई ६ विकेटले पराजित गर्दै समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्दा डिएभी उपविजेता बन्यो।

टस जितेर पहिला ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर दिएको १ सय ३७ रनको लक्ष्य टिपटपले १ बलअगावै ४ विकेट गुमाएर भेटाएको थियो।

यस्तै बुधबार भएको अर्को खेलमा आरएसके लायन्सले बी वन–११लाई ५० रनले पराजित गर्दै समूह बीको उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो। टस जित्दै निर्धारित २० ओभरको समाप्तिमा ३ विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा बी वनले १७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १५ रन जोड्न सक्यो। समूह ‘बी’ बाट फाइटर्स मंगलबार भएको खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको थियो।

प्रतियोगितामा बिहीबार टिपटप ११ र आरएसके लायन्स तथा फाइटर्स र डिएभीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ।

प्रकाशित: २९ चैत्र २०७४ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App