coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इपिजीको आठौँ बैठक आजदेखि

काठमाडौँ – नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजीको) आठौँ बैठक भारतको नयाँ दिल्लीमा विहीबारदेखि शुरु हुने भएको छ। दुई देशबीचको सम्बन्धको अध्ययन र सन्धीहरुको आवश्यक सुधारका लागि सिफारिस गर्न गठित इपीजीको भोलिसम्म चल्ने बैठकमा सहभागी हुन भेषबहादुर थापा संयोजकत्वको टोली बुधबार नै दिल्ली गएको छ।

आठौँ बैठकले हालसम्म भएका दुई पक्षीय समझदारीलाई अन्तिम रुप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने विषयको टुङ्गो लगाउने बताइएको छ। यसअघि गएको फागुनमा प्रबुद्ध समूहको बैठक नेपालमा बसेको थियो । काठमाडौंमा भएको यसअघिका बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए। 

दुई देशबीचको सन्धी सम्झौताको अध्ययन, पुनरावलकन एवं आवश्यक सुधारका लागि सिफारिस गर्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह इपीजीको म्याद आगामी असार २० गते सकिँदैछ । 

प्रकाशित: २९ चैत्र २०७४ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App