नास्टले ६० विरुवाको कोडिङ गर्‍यो

बिहिबार, २९ चैत २०७४, १० : ४७ नागरिक

ललितपुर – नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ। 

कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । 

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । 

विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भने, ‘विश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ।’ 

यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन। अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उनले भनेयो, ‘एक÷दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ।’ 

नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको उनले जानकारी दिए। 

कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ। एउटै प्रजातिका विरुवामा समान गुण बढि पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ। 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad