coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक दुर्घटनामा एकको मृत्यु

विराटनगर – सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा विहीबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ। 

डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो। 

मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २९ चैत्र २०७४ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App