उदयपुरका नापी प्रमुख घुससहित पक्राउ

बिहिबार, २९ चैत २०७४, १० : १३ महेश्वर चामलिङ राई

उदयपुर – उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार बिहान घुससहित पक्राउ परेका छन्। अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो। 

आफ्नै निवासमा रहेका साहलार्इ अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीबाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले अख्तियारको टोलीले उनको निवासमा छापा मारेको पुष्टि गरे। 

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबीच बार्गेनिङ चलेको स्रोतको दाबी छ । नक्शा सुधार गरेवापत २ लाख लिने सहमति भएको र ५० हजार पेश्कीवापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ। 

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्दै सबै विवरण आपुूलाई प्राप्त नभइसकेको बताए । ‘अघिल्लो दिन सेवाग्राहीबाट ५० हजार लिएको उजुरी परे अनुसार अख्तियारको टोलीले प्रमुख साहको निवासमा छापा मारेको हो’ उनले भने ‘तर, विस्तृत विवरण भने प्राप्त भइसकेको छैन।’ 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad