coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायक र अभिनेताको क्याटवाक

काठमाडौं –नेपालका वरिष्ठ कलाकार र गायकले र्‍याम्पमा क्याटवाक गरेका छन् । केही दिनअघि ललितपुरमा सम्पन्न ‘गर्जियस अटायर सो’मा कलाकार र गायकले क्याटवाक प्रस्तुत गरेका हुन्। 

गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (गिफ्ट) को आयोजनामा भएको फेसन सोको चौथो संस्करण ललितपुरको १९९९ एडीमा आयोजना गरिएको थियो । नेपाली कलाकारिताको क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सरोज खनालको प्रमुख आतिथ्यतमा सम्पन्न फेसन सोमा खनालसँगै देशका नामी गायकहरू कर्ण दास, दीपक बज्राचार्य, बबिन प्रधान, भिम तुलाधर, सानुबाबु महर्जनले र्‍याम्प नापेका थिए। 

कार्यक्रममा त्यसैगरि वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, रिचुअल फ्राइट, गोल्डेन ज्वेलर्स एन्ड डायमन्डका प्रतिनिधि, अधिवक्ता लक्ष्मण महर्जन, उज्ज्वल कृष्ण श्रेष्ठ, आइआइएफटीका तेन्जिङ शेर्पा, मञ्जु श्रेष्ठ, विपना थापाको पनि उपस्थिति रहेको थियो । सबै अतिथिहरूलाई र्‍याम्पवाक गराइएको थियो । सोमा निर्देशक शोभा महर्जनले नेपालको मौलिक कपडा ढाकाका फेसनेबल डिजाइन प्रस्तुत गरेकी थिइन ।

त्यसैगरि गिफ्टका डिजाइनरहरू अञ्जना अधिकारी, मुस्कान श्रेष्ठ, संगीता शाही, शीला थापा, बिनु लामा र प्राश्ना महर्जनहरू लेवन पिस, सारी, गाउन, लेहेंगाका डिजाइनहरू पस्केका थिए । ८ पुरुष र १६ महिला मोडलहरूले डिजाइनरका डिजाइन प्रस्तुत गरेका थिए । सोको कोरियोग्राफी म्यानहन्ट विजेता सनिस शाक्यले गरेका थिए ।क्लबमान्डु इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको फेसन सोमा कर्णदाससँगै उनका छोरा  मार्कुस दासले पनि गीत गाएका थिए ।

प्रकाशित: २९ चैत्र २०७४ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App