८ वैशाख २०८१ शनिबार
कला

तीन ‘फेस अफ मारवाडी’

काठमाडौं – मारवाडी समुदायका युवायुवतीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजित ‘फेस अफ मारवाडी २०१८ ’मा तीन प्रतियोगीले शीर्ष उपाधि जितेका छन्।

प्रतियोगिता अन्तर्गत अमन वैद्यले ‘मिष्टर फेस अफ मारवाडी’, एनी मित्तलले ‘मिसेस फेस अफ मारवाडी’ र सानिया जलनले ‘मिस फेस अफ मारवाडी’को उपाधि जितेका हुन्।प्रतियोगितामा ‘मिष्टर’ तर्फ रमेश चौधरी र सनी अग्रवाल, ‘मिसेस’ तर्फ अर्चना अग्रवाल र रिना शर्मा तथा ‘मिस’ तर्फ कोमल शर्मा र नेहा अग्रवाल क्रमशः फष्ट र सेकेण्ड रनरअप बने।

पेज थ्रीको आयोजना तथा ग्रुप अफ इभेन्ट इन्टरटेनरको व्यवस्थापनमा भएको प्रतियोगितामा पुनम बर्मा, कोमल शर्मा र रमेश चौधरी ‘बेस्ट फोटोजेनिक’, अनिता गर्ग, नेहा अग्रवाल र रमेश चौधरी ‘बेस्ट फिजिक’, एनी मित्तल, कोमल शर्मा र अमन वैद्य ‘बेस्ट ट्यालेन्ट’, पुनम वर्मा, सिमरन बाग्ला र निखिल मेड ‘बेस्ट पर्सनालिटी’, सोनिया केडिया र कृति विजयला ‘बेस्ट स्किन’, अनिता गर्ग र श्रृष्टि मारवाडी ‘बेस्ट हेयर’, मान्सी अग्रवाल, साइला अग्रवाल र महेश घिरैया ‘बेस्ट स्माइल’, रिना शर्मा, श्रृष्टि मारवाडी र रमेश चौधरी ‘बेस्ट वाक’, रिना शर्मा, अंकिता अग्रवाल र अमन वैद्य ‘पपुलर’, कन्चन वैद्य, हंशा खेतान र आकाश अग्रवाल ‘बेस्ट कन्फिडेन्ट’ र शितल गुप्ता, कोमल शर्मा र सनी अग्रवाल ‘डिसिप्लिन’ घोषित भए।

अर्चना शारदा प्रमुख निर्णायक रहेको प्रतियोगितामा राजभाइ सुवाल, रेखा खताङ, मानसी अग्रवाल, इन्दिरा जोशी सनिश शाक्य र दीपक तिम्बरवाल निर्णायक थिए ।
 

प्रकाशित: २९ चैत्र २०७४ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App