coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सरिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

काठमाडौं – सौन्दर्य पेशामा आबद्ध व्युटिसियनहरुबीच भएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छिन् । भारतीले उपाधिसँगै २५ हजार रुपैयाँ र विधागततर्फको ‘फोटोजेनिक’ उपाधि पाइन्।

रोज सिप विकास केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनले आयोजना गरेको प्रतियोगितामा सर्लाहीकी नविना अधिकारी ‘मस्ट ट्यालेन्ट’सहित ‘फस्ट रनरअप’ बनेर १५ हजारको कस्मेटिक सामाग्री जितिन् । यस्तै रजनी श्रेष्ठले ‘पर्सनालिटी’सहित ‘सेकेन्ड रनरअप’ हुँदै १२ हजार रुपैयाँको कस्मेटिक सामग्री प्राप्त गरिन्।

२१ प्रतियोगी सहभागी भएको प्रतियोगितामा दीपा सेढाई ‘बेस्ट ड्रेस’, ‘मस्ट पपुलर व्युटिसियन’, ‘पब्लिक च्वाईस’ र ‘डिजर्भिङ’, रञ्जना श्रेष्ठ गुरुङ ‘फ्रेन्डसिप’, प्रविना श्रेष्ठ ‘चार्मिङ’, रजनी भुजेल ‘स्टाईलिस्ट व्युटिसियन’, एलिना श्रेष्ठ ‘पञ्चुअल’, सपना थापा ‘मस्ट डिसिप्लेन’, दीपा अधिकारी ‘व्युटिफुल आईज’, सरिता बास्कोटा ‘स्माईल’, सविना शाही ‘व्युटिफुल व्युटिसियन’, क्रिस्टिना महर्जन ‘हेल्दी हेयर’, मिना गुरुङ ‘अर्गनाइजर च्वाईस्’, पुष्पा महर्जन ‘बेस्ट फिटनेश’, दीपा महर्जन ‘मस्ट कन्फिडेन्ट’, मेघ्ना देउला ‘बेस्ट स्किन’, कविता बानियाँ ‘हेल्दी फिगर’, बिना रानामगर ‘बेष्ट नेल आर्ट’ र सुहाना अर्याल ‘बेस्ट फिगर’ बने।

प्रतियोगिताको निर्णायकमा व्युटिसिनयन डा. राजश्री श्रेष्ठ, इन्दुकुमारी आचार्य, अभिनेत्री हर्षिका श्रेष्ठ, अभिनेता निर्जन थापा, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य मधु शाही र मोडल पविना खड्का थिए । कार्यक्रममा निशा देशार, सरिता प्रजापति, जुनु रिजाल काफ्ले, बुनु शर्मा उप्रेतीले सांगीतिक प्रस्तुति दिएका थिए ।

 

प्रकाशित: २९ चैत्र २०७४ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App