coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहमा चार वटा कोष स्थापना

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा कोष स्थापना गरिएको छ। आपतकालीन अवस्थामा तत्काल राहत तथा उद्धार गर्न र पछि परेका समुदायको जीविकोपाजर्नमा सहयोग पु-याउनका लागि कोष स्थापना गरिएको हो। गाउँपालिकामा आकस्मिक कोष, दलित तथा विपन्न सहायता कोष, महिला तथा बालबालिका कोष र नौकुण्ड अपांग पुनःस्थापना कोष स्थापना गरिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्।

नुवाकोटस्थित नेपाल बैँकमा खोलिएको कोषमा २५ लाख ८० हजार रुपैयाँ जम्मा गरिएको छ। आकस्मिक कोषमा १० लाख ८० हजार र अन्य कोषमा ५/५ लाख रुपयाँ राखिएको छ। ‘विपद्को समयमा पीडितलाई तत्काल राहत वितरण गर्नका लागि कोषको स्थापना गरिएको हो,’ लामाले भनिन्,‘कोषको रकम गाउँपालिकाले जोखिमको समयमा तत्काल परिचालन गर्नेछ।’

महिला, बालबालिका, अपांगता भएकालाई लक्षित गरी स्थापना गरिएको कोषको प्रयोग लक्षित समुदाय तथा वर्गका लागि गरिने उपाध्यक्ष लामाले बताइन्। कोषको रकमले जोखिममा परेका बालबालिकाको संरक्षण, जीविकोपार्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App