coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्वास्थ्य उपचारका लागि ओली दिल्ली गएनन्

काठमाडौं—पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली नगई बैंककतर्फ लागेका छन्। बैंककस्थित बुमरुमगार्ड अस्पतालमा स्वास्थ्यउपचार गर्न उनी बिहीबार थाइ एयरवेजको नियमित उडानबाट बैंकक लागेका हुन्।

मुलुकका अधिकांश राजनीतिक दलका नेता स्वास्थ्य उपचार गर्न भारतको राजधानी नयाँ दिल्ली जाने गर्छन्। दिल्लीमा रहँदा नेपाली नेताहरुले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने गर्छन्। 

सन् २०१३ को अन्त्यदेखि ओली उपचारका लागि दिल्ली जान छोडेको उनी निकटहरु बताउँछन्।

बैंकक उड्नुअघि एमाले अध्यक्ष ओलीले संविधान संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नयरी संशोधन मात्र गर्नुको अर्थ नहुने बताए।

'बिना उद्देश्य संविधान संशोधन गर्नाको औचित्य छैन। संविधान संशोधनका विषयमा पार्टीलाई औपचारिक ढङ्गले कुरा आएको छैन। कसैले प्रस्ताव गरेको छैन, केही–केही पार्टीका बीचमा केही सम्झौता भए भन्ने सुनेको हो', ओलीले भने।

पूर्वप्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ। उनको साथमा पत्नी राधिक र स्वकीय सचिव राजेश वज्राचार्य छन्।

प्रकाशित: ९ भाद्र २०७३ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App