७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटी– डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो। 

सोही कोठामा खेलिरहेको अबस्थामा खेम भण्डारीकै ९ बर्षीय छोरा भुवन भण्डारी र छिमेकी चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारीलाई चट्याङ्गले जलाएर गम्भीर घाइते बनाएको थियो। उनीहरुलाई आफन्तहरुले उपचारका लागि बुडर स्वास्थ्य चौकीतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले जानकारी दिए। 

डोटी लगायत ७ नम्बर प्रदेशका जिल्लाहरुमा केही दिनदेखि मौसममा समस्या देखिदै आएको छ। बेलाबेलामा अकस्मात भारी बर्षा हुने, असिनापानी पर्ने र तीब्र आवाजमा आकाश गड्गडाउने क्रम चलिरहेको छ। मंगलबार र बुधबार केही समय भारी बर्षा तथा असिनापानी समेत परेको छ। जसका कारण कृषकहरुले लगाएका हिउँदेबालीमा क्षति पु-याएको छ। 

प्रकाशित: २८ चैत्र २०७४ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App