७ वैशाख २०८१ शुक्रबार
राजनीति

बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने : मन्त्री थापा

विराटनगर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताएकी छिन्। 

अखिल नेपाल महिला संघ मोरङद्वारा बुधबार आयोजित स्वागत बधाई कार्यक्रममा उनले वर्तमान अवस्थाको कानूनले बलात्कारका घटना रोक्न नसकिएकाले सर्वश्वहरणसहितको कडा कानून निर्माणमा संसद्मा छलफल चलाएको बताइन्। 

स्थानीय तहमा रहेका महिला प्रतिनिधिले समाजमा रहेको महिला हिंसा, बोक्सी प्रथा, दाइजो लिनेदिने कार्यलाई निरुत्साहित बनाउन अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन। 

उनले संघका अगुवा कार्यकर्तालाई महिला हिंसा, बलात्कारका घटनामा पीडितलाई उपचार र घटनाका दोषीलाई कानूनी प्रक्रियामा लगेर हिंसा न्यूनीकरण अभियानमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। 

मन्त्री थापाले दुई महिनाभित्र महिला बालबालिका मन्त्रालयले महिला हिंसा प्रभावित जिल्लामा अपराध न्यूनीकरण गर्न चेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए। रासस 

प्रकाशित: २८ चैत्र २०७४ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App