६ वैशाख २०८१ बिहीबार
कला

‘सलमान ठूलो मन भएका स्टार हुन्’

मुम्बई– बलिउड अभिनेता सलमान खान कृष्णसार शिकार मामिलाले अहिले चर्चामा छन्। उनको पक्ष र विपक्षमा मतहरु सार्वजनिक भइरहेका छन्। यसैक्रममा युवा अभिनेता वरुण धवनले सलमानलाई ठूलो मन भएका स्टार भन्दै प्रशंसा गरेका छन्। कृष्णसार सिकार मामिलामा सलमान जेलबाट छुट्दा भेट्न उनको घर पुगेका बरुणले सलमान ठूलो मन भएको मान्छे भएको र उनले अविश्वसनीय माया पाएको उल्लेख गरेका छन्।

बलिउडमा पछिल्लो समय सफलताको शिखरमा रहेका बरुणको तुलना सलमानसँग भएपछि उनले त्यसमा असन्तुष्टि जनाउँदै भनेका छन्– ‘सलमानसँग मेरो तुलना हुनै सक्दैन्, उहाँ ठूलो मन भएका मानिस हुन्, उहाँ आज जुन स्थानमा छन, मेरो लागि त्यहाँ पुग्न निकै अप्ठेरो छ। उहाँले अविश्वसनीय माया पाएका छन्।’

बरुण आफ्नो आगामी फिल्म ‘अक्टूबर’को प्रमोशनमा व्यस्त छन्। यो फिल्म १३ अप्रिलमा रिलिज हुँदैछ।

प्रकाशित: २८ चैत्र २०७४ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App