७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा विद्यार्थीको राष्ट्रिय भेला सुरु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राप्रविसको राष्ट्रिय भेला सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित भेलाको अध्यक्ष कमल थापाले उद्घाटन गरे। उनले अबको नेतृत्वले युवा विद्यार्थीहरुले लिनुपर्नेमा जोड दिए।  

नयाँ कार्यसमिति चयन गर्नेगरी आयोजित राष्ट्रिय भेलामा अध्यक्ष थापाले पूर्ण चौलागाईं अध्यक्षका लागि सिफारिस गरे। अहिले संगठनको नेतृत्व गर्ने उपयुक्त व्यक्ति चौलागाईं रहेको भन्दै उनलाई सर्वसम्मत नेतृत्व दिनुपर्ने धारणा राखे। 

उता पार्टीका सहायक महामन्त्री तथा आदिवासी जनजाति उथान महासंघका अध्यक्ष चन्द्र बहादुर गुरुङले महेश सिंहलाई अध्यक्ष बनाउनुपर्ने भन्दै अध्यक्ष थापालाई निरन्तर दबाब दिँदै आएका छन्।

देशभरीका विधार्थी प्रतिनिधी उपस्थित भेलाले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: २८ चैत्र २०७४ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App