coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

अल्जेरिया - अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। उक्त विमान राजधानी नजिकैको वुफरिक सैनिक हवाई अड्डामा दुर्घटनामा परेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

अल्जेरियाको सरकारी रेडियोले १ सय जना यात्रुको मत्यु भएको समाचार प्रसारण गरेको छ। रुसमा इलयूसी-७६ विमानले सैनिक टुकडि बोकेको थियो। जहाज अल्जेरियाको पश्चिमी सहर बेचर तर्फ जाँदै थियो। जहाज जलेको अवस्थामा फेला परेको छ। अल्जेरियाका सेना प्रमुखले घटनास्थलको अबलोकन पछि दुर्घटनको छानविन गर्न निर्देशन दिएका छन्।

 

 

प्रकाशित: २८ चैत्र २०७४ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App