मुम्मइ – धर्मा प्रोडक्शनको निर्माणमा बन्न लागेको स्टुडेन्ट अफ त इयर २ को लिड रोलमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे हुने भएकी छिन्।
लिड रोलमा रहेका टाइगर श्राफको अपोजिटमा कसलाई लिइन्छ भन्ने चर्चा भइरहँदा धर्मा प्रोडक्शनले बुधबार अनन्या, टाइगर र ताराको फोटो सार्वजनिक गरेको हो । उनीसँगै तारा सुतारिया पनि यस फिल्ममा लिड रोलमा रहेको बताइएको छ। अनन्या र तारा दुबैले यस फिल्ममार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्।
२०१२ मा रिलिज भएको फिल्म स्टुडेन्ट अफ द इयर को स्वीकेल स्टुडेन्ट अफ द इयर २ को निर्देशन पुनिश मल्होत्राले गर्नेछन् । २३ नोभेम्बरलाई प्रदर्शन मिति तोकिएको यस फिल्मको सुटिङ देहरादूनमा केही दिन पहिलेबाट मात्रै सुरु गरिएको छ।
स्टुडेन्ट अफ द इयरमार्फत वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्टले बलिउडमा पाइला चालेका थिए।
प्रकाशित: २८ चैत्र २०७४ ०९:१६ बुधबार