फलाम पिटेरै लखपति!

बुधबार, २८ चैत २०७४, १४ : ३९ किसान संगीत नेपाली

361


लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले बेसीसहरमै घर घडेरी जोडेका छन् । आरनबाटै भएको आम्दानीले दुईवटा ट्याक्टर किनेर अर्काे व्यवसाय थपेका पनि छन् ।

आरन व्यवसाय गर्नेलाई गाउँघरमा जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने प्रवृत्ति अहिले पनि कायमै छ ।

फलामका हँसिया, खुर्पा, बञ्चरो, कुटो, कोदालो, खुँडा, खुकुरी, फाली, करुवा जस्ता घरेलु र कृषि औजार बनाउने र तिनै औजार अर्चाप्ने कामबाट उनले मनग्गे आम्दानी गरेका छन् । विशेषगरी दलित समुदायका विश्वकर्माले गर्दै आएको पुख्र्यौली पेसा आरनको काम अहिले जिल्लाको अधिकांश गाउँबाट हराइसकेको छ ।

गाउँमा पर्याप्त आरन नहुँदा सदरमुकाम बेसीसहर, गाउँसहर, उदीपुर, भोटेओडार, चिती, बाँझाखेत, भुलभुले, खुदी, सिम्पानी, चण्डीस्थान, नाल्मा लगायतका गाउँका ग्राहकले उनको आरनबाट सेवा लिँदै आएका छन् । ‘गाउँमा काम गर्नेहरू सबै साउदी र कतार हिँडिहाले’, उनी भन्छन्, ‘कुनै गाउँमा आरन छैन, त्यसैले पनि होला कामको चाप नै छ ।’ उनले दैनिक ५ हजार रुपैयाँको कारोबार गर्दै आएका छन् । आरनमा उनीसहित ४ जनाले रोजगारी पनि पाएका छन् । ‘कमाइ जति नै भए पनि के गन्ती हुन्छ र’, उनले भने, ‘बचत कति हुन्छ त्यसको हिसाब गर्न सकियो भने केही गर्न सकिन्छ ।’

हातमा सीप र मनमा जाँगर भए खाने लाउने समस्या नहुनेमा ढुक्क रहेका उनी, विगत २२ वर्षदेखि आरनमा घन, मैरी, रेती, सनासो र चर्खासँगै मितेरी गाँस्दै आएका छन् । धादिङ साविक कम्पुर गाविस ५ सालबासका विकलाई सुरुका दिनमा परिवारको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता थियो । बेसीसहरमा आएपछि आफ्नो पुख्र्यौली पेसा र बाबु बाजेबाट सिकेको फलामे औजारसम्बन्धी सीपले नै उनलाई आजको अवस्थामा ल्याइपु¥याएको हो । गाउँघरमा छँदा बाउबाजेले बालीघरे चलनअनुसार आरन पेसा गर्दा पैसा देख्नै मुस्किल पर्ने बताउँदै आफूले नगदमा काम गर्न थालेपछि आर्थिकरूपमा राम्रो भएको उनले बताए ।

आरनकै कमाइबाट ६ जनाको पालनपोषणसँगै केही वर्षअघि बेसीसहरमा घडेरी किनेर घरसमेत बनाएका छन् । त्यस्तै पुटपुटे ट्याक्टर, ठूलो ट्याक्टर, मोटरसाइकल लगायतका सम्पत्ति जोडेको पनि उनले बताए । खट्न सक्ने हो भने आरनबाट राम्रै कमाइ हुने देखिएको छ । रोजगारीको खोजीमा भौंतारिएका युवाले चाहने हो भने आफूले सीप सिकाइदिन चाहेकोमा थोरैले मात्रै ध्यान दिएर काम सिकेको उनले बताए । उनको आरन व्यवसायमा छोराले पनि सहयोग गर्दै आएका छन् । आफू आरनमा नखट्ने तर अन्य व्यवस्थापनमा सहयोग गर्ने छोरा नरेश विक बताउँछन् । दुईवटा ट्याक्टर मार्फत ढुवानी सेवाको व्यवस्थापनमा खट्नु पर्ने भएकाले उनी दुवै व्यवसायको व्यवस्थापनमै व्यस्त रहने उनको भनाइ छ । अहिलेको अवस्थासम्म ल्याउन आरन व्यवसायकै भरथेग भएको उनले बताए ।

आरन व्यवसायका लागि गोल(कोईला)को निकै समस्या हुने विक बताउँछन् । वर्षेनी कात्तिकदेखि फागुनसम्म उनी बाँझाखेत, गाउँसहर, ज्यारखाङ लगायतका जंगलमा गोल पोल्छन् । गोेल संकलनका लागि वार्षिक झण्डै साढे ४ लाख रुपैयाँ सामुदायिक वन समूहलाई भुक्तानी गर्ने उनी बताउँछन् । हिउँदमा गोल पोलेपछि वर्षभरि नै पुग्छ । गोल पोल्न भने धेरै समस्या भोग्दै आएको उनले दुखेसो गरे । घरभान्सादेखि साना उद्योगसम्म दैनिक प्रयोग गरिने सामान निर्माण गरेर सेवा पु¥याएकोले सम्बन्धित निकायले गोल पोल्ने सहज व्यवस्था मिलाइदिनुपर्ने दाबी उनको छ ।

आरन व्यवसाय गर्नेलाई गाउँघरमा जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने प्रवृत्ति अहिले पनि कायमै छ । बजारक्षेत्रमा त्यस्तो प्रवृत्ति केही कम रहेको बताउँदै आफ्नो सीपबाट सबै जातिको काम हुने तर कसैले सानो जाति भनेर आफूलाई हेप्ने गरेकोमा दुःख लाग्ने उनी बताउँछन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।