coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

काठमाडौं- नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

प्रहरीले उक्त मोवाइल सहित बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको छ।

उक्त बसमा राजस्व छली मोवाइल ल्याएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा उक्त मोबाइल बरामद भएको जनाएको छ।

यस्तै प्रहरीले अनुसन्धानको क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठले समेत डेरा कोठामा लुकाई राखेको १८ थान मोबाइल सहित पक्राउ गरेको छ।

प्रकाशित: २८ चैत्र २०७४ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App