८ वैशाख २०८१ शनिबार
समाज

रेड पाण्डाको छाला सहित दुई पक्राउ

काठमाडौँ- प्रहरीले रेड पाण्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई काठमाडौं मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने २३ बर्षीय सुशील शाहीलाई १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट उक्त रेड पान्डाको छाला सहित पक्राउ गरेको हो।

प्रकाशित: २८ चैत्र २०७४ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App