६ वैशाख २०८१ बिहीबार
राजनीति

डिआइजी रमेश खरेलले दिए राजीनामा

काठमाडौँ – डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन्। 

राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी खनाललाई आइजिपीमा बढुवा गरेकाे थियाे । प्रहरी प्रमुखमा खनाल नियुक्त भएसँगै खरेलले राजीनामा दिने निर्णय गरेका हुन्। 

प्रहरी प्रमुखका लागि खरेलसँगै खनाल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए। 

प्रकाशित: २८ चैत्र २०७४ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App