coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिका- अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो। उनी अध्ययन सकेर व्यवसायमा संलग्न रहेका थिए। उनको नेपालको घर धादिड नीलकण्ठ नगरपालिका ५ जरेबर हो। मृतकका एक दाई आमा बुबा अमेरिकामा बस्दै आएका छन्।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने परिवारले जनाएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुपनारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन।

प्रकाशित: २८ चैत्र २०७४ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App