coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रमेश खरेलले राजीनामा दिने

काठमाडौं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन्।

प्रहरीको आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिन लागेका हुन्। ‘हो म राजीनामा दिँदैछु। आज साँझसम्म बुझाउँछु’, खरेलले नागरिकसँग भने।

सरकारले आफूभन्दा ११ महिना पछाडी प्रहरी सेवामा आएका सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि खरेल राजीनामा दिने निर्णयमा पुगेका हुन्। उनले आफू अपमानित भएर प्रहरी संगठनमा नबस्ने संकेत गरेका छन्। ‘यस्तै भयो के गर्ने ? अब बाहिरै बसेर संगठनलाई सघाउँछु’, उनले गुनासो गर्दै भने।

आफूले प्रहरी संगठनको नेतृत्व गर्ने बेला आउँदा सरकारले पद्धति मिचेर रोकेको उनको गुनासो छ।

खरेलले विगतमा आइजिपी नियुक्ती विवादित भएजस्तो आफू अदालत र मुद्दा मामिलामा नजाने समेत स्पष्ट पारे। ‘म संगठनको जिम्मेवारीबाट अलग हुन लागेको हो। संगठनसँगै छु र हुनेछु, बाहिर बसेर सघाउँछु’, उनले भने।

सरकारले प्रहरी महानिरीक्षकमा डीआईजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डीआइजी बढुवामा एक नम्बरमा रहेका खनाललाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो। एसएसपीसम्म बढुवा हुँदा रमेश खरेल १ नम्बरमा भएपनि डिआइजी बढुवा हुँदा २ नम्बरमा झरेका थिए।

प्रकाशित: २८ चैत्र २०७४ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App