८ वैशाख २०८१ शनिबार
राजनीति

पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय, को-को बन्दैछन मन्त्री ?

काठमाडौं–सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएको कायम रहेको विवाद अन्त्य भएसँगै  पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेका हुन्।

पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन्।

पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन्।  देउवा पक्ष पाँच मन्त्रालय दिन तयार भएपछि पौडेल पक्षको भेलाले सरकारमा सहभागी हुने पाँच जनाको नाम तय गरेको हो।

यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार अन्योलमा परेको थियो। बिहीबार विहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पौडलसँग छलफल गरेपछि देउवा पाँच मन्त्रालय दिन तयार भएका थिए।

उता सभापति शेरबहादुर देउवा पक्षबाट पनि चार जनाको नाम पक्का भएको स्रोतले जनाएको छ। अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री हुने पक्का भएको छ। बाँकी एक जनामा मोहन बस्नेत, केशवकुमार बुढाथोकी  र शंकर भण्डारीले दाबी गरेपछि नाम तय गर्न ढिला भएको स्रोतले जनाएको छ।

बाँकी एक मन्त्रालय कृष्ण सिटौला पक्षबाट गगन थापा सरकारमा सहभागी हुने चर्चा छ। आजै साँझ सम्म सबै मन्त्रीको नाम तय गरी भोलि बिहान नौ बजे सथप लिने तयारी भएको बताइएको छ । १३ मन्त्रालय पाएको कांग्रेसकातर्फबाट दुई जना सरकारमा सहभागी भइसकेका छन्।  

 

प्रकाशित: ९ भाद्र २०७३ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App