ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द

बुधबार, २८ चैत २०७४, ११ : ११ एजेन्सी

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले यसैहप्ता पेरु र कोलम्वियाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । पेरुमा हुने अमेरिकी मुलुकहरूको शिखरसम्मेलनमा उनी सहभागी हुने कार्यक्रम थियो ।ह्वाइट हाउसद्वारा जारी एक विज्ञप्ति अनुसार सिरियाबारे अमेरिकी प्रतिक्रिया बनाउन उनको भ्रमण रद्द भएको हो ।
यसैबीच उक्त सम्मेलनमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्न उपराष्ट्रपति माइक पेन्स जाने पनि विज्ञप्तिमा छ।रासस

 






यसमा तपाईको मत