८ वैशाख २०८१ शनिबार
खेल

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, उच्च याेगफल बनाएपनि कोलकत्ता हार्‍याे

भारत – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हरायो। कोलकत्ता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो।

चेन्नइका लागि साम बिलिङ्सले सर्वाधिक ५६ रनको योगदान गरे। उनले २३ बलमा २ चौंका र ५ छक्का प्रहार गरे। त्यस्तै सेन वाट्सनले १९ बलमा ४२, अम्बाती रायडुले २६ बलमा ३९ तथा महेन्द्रसिंह धोनीले २८ बलमा २५ र सुरेश रैनाले १४ रन बनाउँदा रविन्द्र जडेजा ड्वाने ब्राभोले अविजित एघार–एघार रन बनाए।

कोलकत्ताका लागि टोम कुर्रनले २ तथा पिउस चावला, सुनिल नारायण र कुलदिप यादवले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। कोलकत्ता लागि सातौँ नम्बरमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले बिस्पोटक ब्याटिङ गर्दै सर्वाधिक ८८ रन बनाए। उनले ३६ बलमा १ चौंका र ११ छक्का प्रहार गर्दै नटआउट पारी खेले।

त्यस्तै रोबिन उथप्पाले २९, दिनेश कार्तिकले २६, क्रिस लिनले २२, नितिश रानाले १६ र सुनिल नारीनले १२ रनको योगदान दिए। सुरुवाती ब्याट्सम्यानहरु सस्तैमा आउट भएपनि रसेलले टिमको स्कोर उकासेका थिए।

बलिङलर्फ चेन्नईका सेन वाट्सनले २ तथा हर्वजन सिंह, रविन्द्र जडेजा, सार्दुल ठाकुरले एक–एक विकेट लिए।

प्रकाशित: २८ चैत्र २०७४ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App